Sajhamanch Archive

लामो दूरीका यातायात छिटो खुलाउन माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ ।

छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको महासङ्घको दाबी छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, “जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्नु अवैज्ञानिक भयो, जनतालाई दुःख भयो, काठमाडौँ आउनैपर्ने मान्छे जिल्ला जिल्लामा गाडी चेन्ज गरेर आएका छन् । त्यसो गर्दा कोरोना सङ्क्रमण सर्ने सम्भावना झन् बढ्छ । ”

बरु लामो दूरीका पनि खुला गरिदिए एउटै गाडीमा गन्तव्यमा पुग्दा कोरोना फैलने सम्भावना कम हुने उपाध्यक्ष स्वाँरको भनाइ छ । सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर गाडी चलाउँछौँ भन्दा पनि सरकारले रोकिरहेको महासङ्घको गुनासो छ । स्वाँर भन्छन्, “प्राइभेट गाडीले दोब्बर भाडा उठाएर यात्रु बोकिरहेका छन्, यात्रु ठगिएका मात्र छैनन् कोरोनाको उच्च जोखिम मोलिरहेका छन् । निजी गाडीले कोरोना नसार्ने सार्वजनिकले मात्र सार्ने जस्तो सरकारको व्यवहार भयो । ”

स्रोत : गोरखापत्र दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *