Sajhamanch Archive

संक्रमण बढेपछि विराटनगरमा आपतकालिन बैठक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको आपतकालिन बैठक बसेको छ ।

समुदायस्तरमा संक्रमण देखिएपछि रोकथाम र नियन्त्रणका लागि कार्य योजना बनाउन बैठक आइतबार बिहान आपतकालिन बैठक बसेको हो । लकडाउन खुलेसँगै महानगरमा संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारयता मात्र महानगरमा ११ जनामा संक्रमण देखिएको छ ।

बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्य योजना तयार गर्ने मेयर भीम पराजुलीले बताए ।

विराटनगरमा ४१ जनामा संक्रमण पुष्टि भइसेको छ । पछिल्लो समय संक्रमण पुष्टि भएकाहरूमा कोरोना संक्रमण स्रोत नभेटिएपछि महानगरले समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्षसहित संक्रमण नियमन्त्रणको कार्ययोजना तयार गर्न बैठक बोलाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *