Sajhamanch Archive

विकासको चरणमा धार्मिक क्षेत्र सताक्षीधाम

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by .

शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा तिब्ररुपमा विकास भइरहेको छ ।

शिवसताक्षी नगरपालिकाको गुरु योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासले गति लिएको हो ।
आ.व. २०७६÷०७७ धाम परिसरमा शिवसताक्षी नगरपालिकाकाबाट विनियोजित २५ लाखको लागतमा पार्केटिङ्ग टायल्स विछ्याईएको छ ।

धामबाट गौशालासम्मको क्षेत्र

नेपाल सरकारबाट विनियोजित ५२ लाखको लागतमा बुद्ध पार्कमा जाने सतासी खेलामा पुल र धाम परिसरबाट गौशालासम्मको क्षेत्रमा दुवै पट्टी ड्रेनसहित पार्किेटिङ्ग टायल्स विछ्याइएको छ ।  भक्तजन तथा पर्यटकलाई बुद्ध पार्कसम्म जानको लागि ट्रस्टको पुल बनाइएको छ ।

त्यस्तै सताक्षीधाममा अतिथि भवन पनि निर्माण भइरहेको छ । प्रदेश सरकारको २५ लाखको लागतमा १ तले अतिथि भवन निर्माण भएको हो ।

निर्माणधिन अतिथि भवन

आ.व. २०७६÷०७७ का लागि २५ लाखबाट निर्माण सुरु गरिएको प्रदेश सांसद झलकसिं दर्लामी बताए । उनले चालु आ.व.मा पनि प्रदश सरकारबाट बजेट विनियोजन भएकाले सोही भवनसँग जोडेर बनाइने जानकारी दिए । क्रमागत रुपमा बजेट निकासा हुने भएकाले केही वर्ष भित्रमा भवनलाई ४ देखि ५ तलासम्म बनाउन सकिने सांसद दर्लामीले जनाकारी दिए ।

हाल सताक्षीधाममा रहेको द्वादश ज्योर्तिलिङ्गको अग्रभावमा वाल तथा गेट निर्माणको काम पनि धामधाम भइरहेको छ ।
पछिल्लो समय धाममा विकासको गतिसँगै धाम सुन्दर र हेर्न लायक बनेको सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा बताँछन् । कोरोना भाइरसको जोखिमका कारण केही महिना भक्तजनको आगमन ठप्प भएपनि गएको सोमबार शिवजीको मन्दिर जल चढाउन भने भक्तजनको राम्रै उपस्थिति रहेको अध्यक्ष सुब्बाको भनाई छ ।  श्रावण महिनामा धाममा जल चढाउने भएकाले भक्तजनको उपस्थिति बढेको हो ।

बुद्ध पार्कमा जानका लागि बनाइएको ट्रस्टको पुल

सतासीधामबाट झिलझिले, ढुंगेलचोक हुँदै होकलबारी सम्मको बाटो कालो पत्रेका लागि गएको आ.व.मा नै काम सुरु भएकाले अब केहीसमय पश्चात सताक्षीधाम जानका लागि पनि बाटोको समस्या समाधन हुने देखिन्छ ।
विगतका वर्षहरुमा धाममा विकासको काम नदेखिए पनि गएको वर्षमा भने सताक्षीधाम उलेख्य काम भएको देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *