Sajhamanch Archive

अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनौतले नपोटिज्म, केही सेलिब्रेटी, फिल्म निर्माता र प्रोड्युसरहरुको विरुद्ध मोर्चा नै खोलेकी छिन् । उनले बलिउडमा हुने पक्षपातको विषयमा निकै ठूलो आवाज उठाएकी छिन् ।

एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डेले सुशान्तको बारेमा गरेका केही विषयहरुको खुलासा गरेकी छिन् । उनले अंकिताको भनाईलाई उद्धृत गर्दै सुशान्तले बलिउडमा निकै अपमान भोग्न परेको बताएकी छिन् ।

उनले सुशान्तले बलिउडमा सञ्चार माध्यमको नकारात्मक भूमिका र व्यवसायिक एक्लोपन (प्रोफेशनल आइसोलेसन०)को समेत भोग्नुपरेको कंगनाले खुलाएकी छिन् ।

‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ मा एकसाथ काम गरेका कंगना र अंकिताले सुशान्तको बारेमा कुराकानी गरेका थिए । अंकिताले सुशान्तले बलिउडमा निकै अपमान भोग्नुपरेको र त्यस्तो अपमान सहन नसकेर पीडामा भएको समेत बताएकी थिइन् । सुशान्तले अडिशन नै अडिशन दिएका थिए भने रिजेक्शन पनि उत्तिकै भोगेका थिए ।

यति हुँदाहुँदै पनि सुशान्तले आफूलाई संघर्षको मैदानमा लडिरहेका थिए र आफूलाई सुपरस्टार बनाएका थिए । तर पनि उनी बलिउडको अपमानका कारण निकै दुखी भएको कंगनाले उल्लेख गरेकी छिन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *