Sajhamanch Archive

बालबालिकाको भत्ता कटौती गरेकोमा मेचे समुदाय असन्तुष्ट

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

मेचीनगर । लोपोन्मुख जाति मेचे समुदायका बालबालिकालाई दिदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरिएकोमा उक्त समुहले विरोध गरेका छन् ।

आज झापाका मेचे समुदायका अगुवाहरुले मेचीनगर नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाएका हुन् ।

मेचे सिवायारी आफत नेपालका अध्यक्ष रञ्जित मेचेको नेतृत्वमा गएको टोलीले नगरप्रमुख विमल आचार्यलाई बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेकोमा ध्यानआकर्षणसहितको ज्ञापनपत्र बुझाएको हो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को गत चैतदेखि असार महिनाको बालबालिकाको भत्ता कटौती गरेको थियो । बालबालिबालाई प्रत्येक महिना ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो । गत चैतदेखि असार महिनाको ४ सय रुपैयाँका दरले मात्र भत्ता पठाएको थियो ।

चार महिनाको २६ सयका दरले भत्ता कटौती गरेकोमा मेचे सिवायारी आफतले विरोध गरेको थियो ।

‘स्थानीय सरकारले भत्ता घटाएको होइन’,नगरप्रमुख आचार्यले भने–‘संघीय सरकारबाटै भत्ता घटाएर पठाएको छ । वडा तथा नगरपालिका कार्यालयले यस विषयमा केहि गर्न सकिदैन । हाम्रोबाट पनि पहल गछौँ तर, त्यसका लागि समुदायले प्रधानमन्त्रीलाई नै भेटेर कुरा राख्नु पर्छ ।’

ज्ञापनपत्र बुझाउनेमा अध्यक्ष रञ्जित मेचे, पूर्व अध्यक्ष रुपेश मेचे, उपाध्यक्ष सन्तोष मेचे, महासचिव विरेन मेचे, सचिव विनोद मेचे, ११ नम्बर वडाका वडाध्यक्ष सन्तोष मेचे, नगरपालिका कार्यपालिका सदस्य पूर्ण मेचे लगायतको सहाभागिता थियो ।

स्रोत : लोकतन्त्र पोस्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *