तोपगाछीमा ऐतिहासिक पहिचान झल्कने स्तम्भ राखियो
Published:
by .कमल । झापाको कमल गाउँपालिका २ स्थित क्याम्पा बजारमा तोपगाछीको ऐतिहासिक पहिचान झल्कने तोप र गाछीका प्रतिकसहितको स्तब्भको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु शिवाकोटीले संयुक्त रूपमा गरेका हुन् ।
स्तम्भ निर्माण स्थानिय युवाको पहलमा कमल गाउँपालिका तथा विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएको निर्माण समितिका सचिव कुमार बस्नेतले जानकारी दिए ।
स्तम्भ निर्माणले क्याम्पा बजारमा आकर्षण बढ्ने रे ऐतिहासिक झल्को झल्काउने काम भएको छ । यसले पछिल्ला पिडीलाई यस क्षेत्रका बारेमा थप जानकारी दिने समेत स्थानिय याम नारायण प्रधानले बताए ।
Comments