Sajhamanch Archive

कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ६२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख ४५ हजार ५८४ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४९ हजार २७३ पुगेको छ भने कारोना जितेर ९९ लाख ४३ हजार ९१४ जना डिस्चार्ज भएका छन् ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *