Sajhamanch Archive

दैनिक १८ हजारको कोरोना परीक्षण गर्न सक्छौं : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १८ हजार जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न सकिने जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभरी रहेका सरकारी र निजी प्रयोगशालाबाट तथ्यांक लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने बताएका हुन्।

‘प्रयोगशालाहरूको पिसिआर क्षमता सम्बन्धी रेकर्ड लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने देखिएको छ। निकट भविष्यमा हामी दैनिक १८ हजार एक सय ६० जनाको परीक्षण गर्नसक्छौं,’ उनले भने।

उनले अहिले सरकारी प्रयोगशालाको प्रति दिन क्षमता ६ हजार ३ सय ६० र निजीको ३ हजार रहेको बताए। साथै ११ वटा आरएनए छुट्याउने मेसिन जडान गरेर थप ८ हजार ८ सयको परीक्षण गर्न सकिने प्रवक्ता गौतमले जनाए।