Sajhamanch Archive

युभेन्टसलाई लगातार नवौं पटक सिरी ‘ए’ को उपाधि

Published: in खेलकुद by .

एजेन्सी । इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो ।

युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोलीलाई दवावमा राखेपनि युभेन्टसले गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । मिरोलम प्यानिचको उत्कृष्ट सेट पिस पासमा रोनाल्डोले बटम राइट कर्नरमा गोल गर्न सफल भएको थियो ।

६७औं मिनेटमा फेडरिको बर्नरडेस्चीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । पेनाल्टी बक्स बाहिरको रोनाल्डोको सशक्त प्रहारलाई गोलरक्षक इमिल एयुडेरोले रोकेपनि रिवाउन्डमा फेडरिकोले गोल गर्न सफल भएका थिए ।

च्याम्पियन बनेको युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानम रहेको इन्टर मिलानको ७६ अंक रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *