भारतद्वारा कालापानी–लिम्पियाधुरा क्षेत्रमा नेपाली प्रवेशमा रोक लगाउन आग्रह
Published: (Updated: )
by .काठमाडौ । भारतको धारचुला प्रशासनले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।
आफूहरुको भूमि गुन्जी, कालापानी, लिम्पियाधुरा रहेको दावी गर्दै भारतीय प्रशासनले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।
भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘विभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् ।’ यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला भनी पत्रमा आग्रह गरिएको छ ।
नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेकलगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।
लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आउ–जाउ नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल बताउँछन् । ‘अहिले बाढी पहिरोको बेला छ, लकडाउनको बेला छ,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘हामीलाई कसैले त्यहाँ जान दिएन भनेर पनि भनेको छैन र कसैले म त्यहाँ पुगेर आएँ पनि भनेको छैन ।’ उनले कतिपय कुरा हल्लाको भरमा पनि आउने गरेको बताए ।
नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । भारतको धारचुला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्र
यसैगरी ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्रु र टिङ्करमा हेलिकप्टरमार्फत् एक–एक सय क्विन्टल चामल पु¥याइएको थियो । यस्तै छाङ्रुको गागा भन्ने स्थानमा झोलुङ्गे पुलका सामान पनि हेलिकप्टरमार्फत् नै पु¥याइएको छ । प्रजिअ पोखरेलका अनुसार माथिल्लो कौवा भन्ने ठाउँमा सुरक्षा पोष्ट राख्ने तयारी भइरहेको छ ।
Comments