Sajhamanch Archive

रमाईलो ग्रुपद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण

Published: in लोकप्रिय, समाज by .

बिर्तामोड । सामाजिक सञ्जालमार्फत एकजुट भएका युवाहरूको ग्रुपले वृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण गरेका छन् ।

विश्व आमाबुबा दिवसको उपलक्ष्य पारेर रमाइलो ग्रुप परिवारले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित आमाबुबाहरुका लागि चामल, दाल, तेल र फलफूल वितरण गरेको ग्रुपका एडमिन कृष्ण घिमिरेले बताएका छन् ।

उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्नकै लागि ग्रुपको सुरुवात गरिएको र आगामी दिनमा अझै यस्ता परोपकारी कार्य गर्दै लैजाने बताए ।

आश्रममा आयोजित विशेष कार्यक्रमकाबीच उनीहरुलाई खाना खुवाउदै सम्मान समेत गरिएको थियो । त्यस्तै, यता ग्रुपका सदस्य तथा समाजसेवी सन्जिल प्रसाईंले वृद्धवृद्धालाई कोरोना रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि समेत वितरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *