Sajhamanch Archive

प्रहरीभित्र कोरोना जोखिम बढ्यो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो एक सातायता प्रहरीमा संक्रमितको संख्यामा उच्च वृद्धि भएको हो ।

आजसम्म प्रहरीमा संक्रमितको संख्या १५८ पुगेको छ ।

जसमा ४ महिला र १५४ पुरुष छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकामा १४, प्रदेश १ मा २७, प्रदेश २ मा ३४, गण्डकी प्रदेशमा २९, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *