Sajhamanch Archive

दुई जिल्लामा ५ सय बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सोमबारसम्म छ जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संखुवासभा, पाँचथर, भोजपुर,मुस्ताङ, रसुवा र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्।कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् ।

सोमबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५० पुगेको छ। जसमध्ये प्रदेश १ मा १९५, प्रदेश २ मा १ हजार ९ सय ११ जना, बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा २ सय ४४ जना , प्रदेश ५ मा ३ सय ५३ जना, कर्णाली प्रदेशमा ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *