Sajhamanch Archive

घरभाडा छुट दिने ३३ घरधनी सम्माननित

Published: in लोकप्रिय, समाज by .

बुद्धशान्ति । कोरोना कहरले नागरिकको दैनिकि असहज भएको बेला झापाको बुद्धशान्ति गाउँपालिकामा घरभाडा मिनाहा र छुट दिएका ३३ जना घरधनीलाई सम्मान गरिएको छ ।

झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेले एक कार्यक्रमको आयोजना गर्दै लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई कदर पत्रले सम्मान गरिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि व्यापार व्यवसाय ठप्प भएकाले आफ्नो घरमा बहालमा बस्नेहरुलाई सहज होस भन्ने उद्देश्यले बुद्धशान्तिका कतिपय घरधनीहरुले स्वतःस्फूर्त रुपमा निश्चित समयको घरबहाल छुट गरेका थिए ।

झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेका अध्यक्ष रुद्रप्रसाद चापागाईंले घरभाडा छुट गरी दुःखमा परेका व्यावसायीहरुलाई सहयोग गरेकोमा धरधनीहरुलाई प्रसंशा गर्दै धन्यवाद दिएका थिए ।

संकटका घडीमा सहकार्य र सद्भाव राख्दै एकले अर्कोलाई सहयोग गर्ने संस्कृतिको विकास गर्नुृृपर्ने सन्देश दिनका लागि सोमबार एक कार्यक्रमका बिच सम्मान गरिएको बाणिज्य उपाध्यक्ष चन्द्र उप्रेतीले बताएका छन् ।

झापा उद्योग बाणिज्य संघ शाखा बुधबारेका अध्यक्ष रुद्रप्रसाद चापागाईंको सभापतित्वमा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष बेनुप्रसाद सङग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

विष्णु मैनाली उप्रेतीले मन्तव्यबाट स्वागत गरेको सम्मान कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *