Sajhamanch Archive

सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे ।

सो कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *