Sajhamanch Archive

टिकटकका पाँच जना प्रभावशाली महिला पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । इजिप्टको एक अदालतले पाँच सामाजिक सञ्जालका पाँच जना प्रभावशाली महिलाहरुलाई सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको छ । भिडियो सेयरिङ एप टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई सो सजय सुनाइएको हो ।

अलजजिराका अनुसार उनीहरुलाई १८ हजार ७५० डलर जरिवाना पनि सुनाइएको छ । यो निर्णयविरुद्ध अपिल भने गर्न पाइनेछ ।

कायरो विश्वविद्यालयका वर्षीया होसाममाथि भिडियो एपमार्फत युवतीहरुलाई पुरुषसँग भेट्न र मित्रता गर्न प्रोत्साहित गरेको र यसका लागि उनले रकमसमेत प्राप्त गरेको आरोप लगाइएको छ । युवतीहरुलाई आफूसँग काम गरेर पैसा कमाउन सकिने ३ मिनेट लामो भिडियो क्लिप पोष्ट गरेपछि १३ लाख फलोअर्स भएकी होसामलाई गत अप्रिलमा पक्राउ गरिएको थियो ।

त्यस्तै, २० लाख फलोअर्स भएकी अधाममाथि सामाजिक सञ्जलमा आपत्तिजनक फोटो र तस्विर गरेको आरोप लगाइएको छ । उनको वकिलले सजायबारे पुष्टि गर्दै आफूहरु यसविरुद्ध अपिल गर्ने बताए । गत मे महिनामा अधामले टिकटक र इन्सटाग्राममा व्यंगात्मक भिडियो पोष्ट गरेका थिए ।

चेन्ज डट ओआरजीमा पक्राउ परेका महिलाहरुलाई रिहाइको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । जसमा हालसम्म १५ सयभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । पछिल्लो समय इजिप्टमा महिला गायिका तथा कलाकारहरुलाई आपत्तिजनिक सामाग्री पोष्ट गरेको आरोपमा पक्राउ गर्न थालिएको छ ।

यसअघि पनि बेली डान्सर सामा अल–मास्रीलाई टिकटकमा आपत्तिजनक सामाग्री प्रस्तुत गरेको आरोपमा पक्राउ गरिएको थियो । सन् २०१८ मा पनि यस्तै आरोपमा एक गायिकालाई पक्राउ गरिएको थियो ।

स्रोतः अलजजिरा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *