Sajhamanch Archive

प्रधानमन्त्री ओली पुगे वामदेव गौतमको निवास

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी पुगेका छन् ।

उनी केहीबेरअघि गौतमको निवास भैँसेपाटी पुगेका हुन् । नेकपामा देखिएको विवाद बढ्दै गएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीइतर समूहको बैठक बसेको थियो ।

सो बैठकअघि नेता गौतमले पार्टी एकता कायमै राख्नेगरी ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै बैठकमा सहभागी नेता गौतमले प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *