संसद सचिवालयमा दिउँसो युट्युब र फेसबुक नचल्ने
Published:
by .काठमाडौं । संघीय संसद सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ ।
खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ ।
‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि दिउँसो ३ बजेसम्म युट्युब र फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गरेका छौं’ सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपानेले भने ।
युट्युब र सामाजिक सञ्जाल नै चाहिएको वा यसैबाट सूचना आदनप्रदान गर्नुपरेको भनी जानकारी गराएमा त्यस्ता व्यक्तिलाई चलाउन दिने व्यवस्था गर्ने उनले बताए ।
उनका अनुसार मंगलबारदेखि संसद सचिवालयको सर्भरमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । संसद सचिवालयको सर्भरमा दैनिक ५०० को हाराहारीमा प्रयोगकर्ता रहने गरेका छन् ।
स्रोत : अनलाइनखबर
Comments