Sajhamanch Archive

बिर्तामोडमा निषेधाज्ञाको तयारी, बेलुका ५ बजेपछि बजार बन्द

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । कोरोना भाइरसको संक्रमण उच्च भएपछि बिर्तामोड नगरपालिकाले आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सम्भावित जोखिमलाई आँकलन गर्दै नगरपालिकाले निषेधाज्ञा अर्थात् कर्फ्यू लगाउनेसम्म तयारी गरेको हो ।

झापाको बाह्रदशी गाउँपालिकाका दुई जना कोरोना संक्रमित व्यवसायिक कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समिति बिर्तामोडको आज बसेको बैठकले कोरोना संक्रमण समुदायमा सरेको पुष्टि भए कर्फ्यु लगाउने सम्मको निर्णय गरेको हो । त्यसका लागि बिर्तामोड नगरपालिकाले बाह्रदशी गाउँपालिकाका संक्रमितहरूको सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब संकलन शुरु गरेको छ ।

बिर्तामोड नगरपालिकाले सङ्क्रमितको सम्पर्कमा आएका ७० जनाको नामावली तयार गरेको छ । समितिको बैठकले बजारक्षेत्रमा भीडभाड घटाउने, शंकास्पद संक्रमितहरूको  गर्ने र साँझ ५ बजेदेखि बजार बन्द गर्ने पनि निर्णय गरेको छ ।

बैठकले कम्तीमा एक हप्तासम्म कुनै प्रकारका सामुहिक कार्यक्रम नगर्न नगराउन सार्वजनिक अपील गरेको नगरपालिकाका अधिकृत देवराज कार्कीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *