Sajhamanch Archive

सिँचाइ कुलोमा सुवेदी मृत फेला

Published: in मिडियाबाट साभार, समाज by .

पाँचथर ।  फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् ।

फिदिम नगरपालिका वडा नं.४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं. २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

सुवेदीलाई आज बिहान करीब ७ः३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानपछि शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *