चन्द्रगढीमा पाँचौं एनएमसी कोपसप आजदेखि सञ्चालनमा
Published: (Updated: )
by .भद्रपुर । झापा सदरमुकाम भद्रपुरका बासिन्दालाई लक्षित गरेर नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौं सहकारी पसल (एनएमसी कोपसप) आजदेखि सञ्चालनमा ल्याएको छ ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले भद्रपुर १० स्थित लेखनाथ चौकमा सञ्चालनमा ल्याइएको सहकारी पसलको औपचारिक उद्घाटन गरेका हुन् । पसलको उद्घाटनपछि बल्दै अध्यक्ष उप्रेतीले मिसावट रहित दैनिक उपभोग्य वस्तुहरु गुणस्तरीय एवम् सर्वसुलभ मूल्यमा बिक्री गर्ने गरी पसल सञ्चालनमा ल्याइएको प्रस्ट पारे ।
संस्थाका उपाध्यक्ष तथा कोप सप व्यवसाय समितिका संयोजक भगवती घिमिरेले सर्वसाधारणले उपभोग्य सामग्रीमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता अन्त्यका लागि चन्द्रगढीको पसल महत्वपूर्ण रहने विश्वास व्यक्त गरिन् ।
पसल इञ्चार्ज सुमन पोखरेलका अनुसार चन्द्रगढीको पसलबाट अधिकतम खाद्यान्न सामग्री तथा केही कस्मेटिक सामग्री सुपथ मूल्यमा बिक्री हुनेछन् ।
बहुउद्देश्यीय सहकारीको अवधारणा अनुसार एनएमसीले कृषि उत्पादन, बैंकिङ, पसल सञ्चालन, डेरी उद्योग लगायत क्षेत्रमा काम गरिरहेको छ ।
Comments