Sajhamanch Archive

इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि उपमहानरको आकस्मित बैठक बस्ने तयारी भईरहेको छ ।

केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरीएकोमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

इटहरीलाई लकडाउन गर्ने कि नगर्ने भन्ने बिषयमा छलफलका लागि बैठक बस्ने तयारी भईरहेको बताइएको छ । समुदायमा कोरोना संक्रमण देखिएको अवस्थामा लकडाउन घोषणा गर्नु उपयुक्त हुने स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

स्रोत : पूर्वेली  न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *