Sajhamanch Archive

लागु औषधसहित भद्रपुरबाट दुई जना पक्राउ

Published: (Updated: ) in विविधा, समाज by .

भद्रपुर । झापाको भद्रपुरबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । बुधबार भद्रपुर नगरपालिका वडा नं. ४ को मन्त्री चोकमा रोकी राखेको मोटरसाइलकबाट दुई जना सहित लागुऔषध प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं. ३ का अजय थापा मगर र २२ वर्षीय रोसन माझी रहेका छन् । उनीहरुलाई काँकारभिट्टाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरी गोप्य सुचनाका आधार उनीहरुलाई पक्रन सफल बताएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले थप अनुसन्धान सुरु गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *