विराटनगरमा थप सात जनामा कोरोना
Published:
by .विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा थप सात जनामा संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा कार्यरत दुई स्वास्थ्यकर्मीसहित विराटनगरभित्र सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये विराटनगर– ३ का दुई जना र विराटनगर ११ का एक जना छन् । दुई जनाको विवरण अध्ययन भइरहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी दिए । विराटनगरमा बुधबार पाँच जनामा संक्रमण देखिएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।
गत बुधबारयता संक्रमितको संख्या बढेपछि आइसोलेशनको अभाव भएको छ । आइसोलेशन अभाव भएका कारण पछिल्लो समय संक्रमण पुष्टि भएकाहरू घरमै बसिरहेका छन् ।
Comments