Sajhamanch Archive

उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की !

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् ।

‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ ।’

‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्‍यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो (भने)’ मन्त्री भट्टले थपे ।

नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उनले बताए । ‘हाम्रो प्रवृत्ति भित्र के छ भन्ने नबुझी, नहेरी सुनी सुनाईका कुरामा गइराछ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *