Sajhamanch Archive

कोभिड नियन्त्रणमा नखटिने स्वास्थ्यकर्मी पक्राउ

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

वीरगञ्ज । पर्सामा बिहीबार २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

‘वीरगञ्ज महानगरपालिकाले कोभिडमा खटाएका कर्मचारीहरु काममा गएनछन्, प्रशासनको आदेशले २५ जनालाई नियन्त्रणमा लिएका छौं ।’ उनले भनिन् ‘ अझै ५ जनालाई खोजी गरिरहेका छौं ।’

प्रशासनले कोभिड महामारीमा खटाउन कर्मचारी माग गरेपछि महानगरपालिकाले ३० जना कर्मचारीको विवरण अस्पतालमा पठाएको थियो । जसमध्ये ४ जना जनस्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब (छैटौं), ६ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेब र ४ जना अनमी पठाएको थियो । तर अस्पतालबाट उनीहरुलाई सम्पर्क गर्दा कसैले पनि सकारात्मक जवाफ नदिएको तितो अनुभव नारायाणी अस्पतालका डा‍. उदय नारायाण सिंहसँग छ ।

‘नारायणी अस्पतालमा स्वाब संकलन, थप आइसोलेसन व्यवस्थापन, अस्थयी कोभिड अस्पतालमा आवश्यक जनशक्तिको अभाव छ । त्यसका लागि स्थानीय प्रशासनले महानगरपालिकासँग कर्मचारी मागेको थियो । महानगरको स्वास्थ्य महाशाखाका कर्मचारीले सहयोग गरे थप आइसोलेसन सेन्टर स्थापना गरेर सञ्चालनमा ल्याउन सकिने प्रशासनको निष्कर्ष छ ।

स्रोत अनलाइनखर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *