झापामा संघीय सरकारको पूँजीगत ६१.२४ प्रतिशत मात्र खर्च
Published:
by .भद्रपुर । झापामा संघीय सरकार मार्फत विनियोजित बजेट मध्ये पूँजीगत तर्फ ६१.२४ प्रतिशत तथा चालु तर्फ ९६ प्रतिशत खर्च भएको छ ।
कोष नियन्त्रक कार्यालय झापाको विवरण अनुसार आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्ममा संघीय सरकार मार्फत आएको बजेट मध्ये पूँजीगत तर्फ ६१.२४ प्रतिशत तथा चालु तर्फ ९६ प्रतिशत खर्च भएको हो ।
जस अनुसार स्थानीय तहको पूँजीगत तर्फ ८८.८० तथा संघीय कार्यालयहरूको ६१.२३ प्रतिशत खर्चभएको विवरणले देखाउँछ भने स्थानीय तहको चालुतर्फ ९७.०८ तथा संघीय कार्यालयहरूको चालुतर्फको खर्च ९६.५९ प्रतिशत असार मसान्तसम्म खर्च भएको देखिन्छ ।
प्रमुख कोष नियन्त्रक लावण्य दाहालका अनुसार संघीय कार्यालयहरूको खर्च विवरण यथार्थ भए पनि स्थानीय तहको खर्च विवरण सम्पूर्ण रूपमा संघीय कोष नियन्त्रक कार्यालयमा रहने छैन । प्रमुख दाहालका अनुसार संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय कोष मार्फत आय व्यय रहने स्थानीय तहको बजेटको खर्च विवरण हरेक स्थानीय तहमा फरक फरक हुन सक्छ ।
झापामा संघीय सरकार मार्फत पूँजीगत खर्चका लागि ६ अर्व १९ करोड ७६ लाख ५१ हजार ६९० रूपैया बजेट विनियोजन भएकोमा ३ अर्व ८१ करोड ७८ लाख १० हजार १२६ रूपैया ८६ पैसा खर्च भएको छ । खर्च हुन नसकेको रकम संघीय सरकारको कोषमा फिर्ता गएको जनाइएको छ ।
Comments