कैलाली र रौतहटमा ५ सय बढी संक्रमित
Published: (Updated: )
by .काठमाडौं । बिहीबारसम्म पाँच जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भोजपुर, संखुवासभा, मुस्ताङ, रसुवा र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् ।
बिहीबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार २ सय २७ पुगेको छ।
Comments