Sajhamanch Archive

पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना देखियो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

मेचीनगर । पुर्वी नाका काकरभिट्टाका १२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन ११ गते काँकरभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा संक्रमण देखिएको छ भने २० जनाको रिपोट नेगेटिभ आएको हो ।

त्यस्तै साउन ११ गते नै काकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको ८५ वटा स्वाबमा सबैको नतिजा नेगेटिभ आएको छ । ८५ जना समुदायस्तरका मानिसमा गरिएको नमूना संकलनमा सबैको कोरोना परिक्षण नेगेटिभ आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *