Sajhamanch Archive

स्थानीयको विरोधपछि हतियारसहित आएको भारतीय एसएसबी टोली फर्कियो

Published: in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं.८ पचुइमा हुलाकी सडक निर्माण कार्य रोक्न हतियारसहित आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली स्थानीयको विरोधपछि फिर्ता भएको छ।

सीमा स्तम्भ नम्बर ३५ नजिकको हुलाकी राजमार्गमा पर्ने एक हजार दुई सय मिटर नेपाली भूभाग स्ट्रिप नक्साका आधारमा भारतमा पर्ने दाबी भारतीय पक्षको छ। इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार हुलाकी राजमार्गको सो क्षेत्रमा पटक पटक भारतीय सुरक्षाकर्मीहरु पुग्ने गरेका छन्।

सशस्त्र प्रहरी, नेपाल प्रहरी अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लवराज भट्टसहितको टोली र स्थानीयले राजमार्गको जग्गा पूरै नेपालमै पर्ने भन्दै भारतीय एसएसबीको विरोध गरेपछि उनीहरु फिर्ता भएका हुन्।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *