Sajhamanch Archive

सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीनजना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

रौतहट । रौतहटमा युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीनजना पक्राउ परेका छन् । फतुवा बिजयपुरमा ट्रकभित्रै युवतीलाई बलात्कार गरेको आरोपमा चालक र दुुईजना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो।

चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवती बलात्कृत भएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नंं.१ का ट्रक चालक वर्ष २९ का बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु वर्ष १८ का बिनोद रानाभाट र वर्ष १९ का केशर मगर रहेको साहले जानकारी दिए ।

गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुर्याईदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए। बरगिनिया चौक पुगेपछि युवतीलाई बन्धक बनाउँदै उनीहरुले ट्रकभित्रै बलात्कार गरेका थिए भने पिडितले रोई कराई गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *