Sajhamanch Archive

तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौनाङ्ग काटिदिएका छन् ।

सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती गम्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौनाङ्गमा करिब एक दर्जन बढी टाँका लगाउनुपरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

बालककी आमाले कोइलवर थानामा तीन व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बालकका आमाका अनुसार उनको छोरा बोल्न र सुन्न सक्दैनन् । बालकलाई आरोपीले फकाईफुल्याइ खेतमा लगेको र धारिलो हतियारले यौनाङ्ग काटिदिएको बालककी आमाको आरोप छ ।

ती बालक रुँदै चिच्याउँदै रगत लत्पत्तिको अवस्थामा घर पुगेको र इशारामा आमालाई घटनाबारे पूरा जानकारी दिएको बालककी आमाले स्रोतलाई बताइन् ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *