Sajhamanch Archive

६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कनु : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।

त्यस्तै. मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश, पालिका र अस्पतालहरुलाई आग्रह गरे । यस्तै आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *