Sajhamanch Archive

भारतीय गृहमन्त्री शाहलाई कोरोना संक्रमण

Published: in विश्व समाचार, समाज by .

एजेन्सी । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।

उनले आइतबार दिउँसो ट्‍विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

गृहमन्त्री शाहले ट्‍विट गर्दै भनेका छन्, ‘कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराए र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना हुँदैछु ।’

उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइसोलेसनमा बस्‍न र परीक्षण गराउन आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *