Sajhamanch Archive

पानीमा डुबेर दुईजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । भोजपुर र ईलाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

भोजपुरको अरुण गाउँपालिका वडा नं.७ का ३१ वर्षीय गोबिन्द कोईरालाको स्थानीय हङग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यसैगरी ईलामको माई नगरपालिका वडा नं.२ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्बु जुकेघाडी जंगलको भित्री सडक खण्डमा सडक छेउमा रहेको पानी जमेको खाल्डोमा डुबी रहेको अवस्थामा मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *