Sajhamanch Archive

लकडाउनमा जाने कि नजाने भनेर प्रधानमन्त्रीले जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दैछन् ।

समूदायमा कोरोना संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको सीसीएमसी निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरूलाई मंगलबार बिहान ११ बजे बालुवाटार बोलाइएको छ ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । मंगलबारको छलफल यसैको निरन्तरता भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले गत जेठ २१ गते यस्तै परामर्शको आयोजना गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टिनको सुधार, परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए ।

“दोस्रो चरणको लकडाउनको कार्ययोजना त बनेको छैन । विज्ञहरूले के सुझाव दिनुहुन्छ, त्यसआधारमा कार्ययोजना तय होला,” कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर निर्देशक समिति निकट स्रोतले  भन्यो ।

कोरोना संक्रमण समूदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् । पछिल्लो समय एक नम्बर र दुई नम्बर प्रदेश उच्च जोखिममा रहेका छन् । वीरगञ्ज, विराटनगर महानगरपालिका जोखिम डरलाग्दो देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।

स्रोत :  बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *