Sajhamanch Archive

इनरह्वीलको अर्जुनधारा विद्यापीठका विद्यार्थीलाई सहयोग

Published: in विविधा, समाज by .

विर्तामोड । अर्जुनधारा जलेश्वरधाममा रहेको अर्जुनधारा संस्कृत विद्यापिठमा अध्ययन गर्ने विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ ।

सोमबार इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

लामो समयको लकडाउनले खाद्यान्न अभावको कारण विद्यार्थीलाई बाँच्न गाह्रो हुने देखेपछि आफूहरुले खाद्यान्न सहयोग गरेको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले बताइन् ।

कोरोना भाइरसले महामारीको रुप लिँदा त्यसवाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्न अभावको कारण भोकभोकै बस्नुपर्ने अवस्थामा रहेका अर्जुनधारा संस्कृत विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीलाई बिर्तामोडका समाजसेवी तथा व्यवसायी श्याम वंशलले सौजन्य गरेको एक महिना पुग्ने खाद्यान्न उपपब्ध गराइएको उनले वताइन् ।

इनरह्वील क्लव अफ विर्तामोड मिडटाउनले अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नि सिग्देल, अर्जुनधारा जलेश्वरधामका वरिष्ठ सदस्य चित्रशेन भण्डारीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

यसैबीच इनरह्वील क्लव अफ विर्तामोडका पदाधिकारीहरुले विद्यापीठ विद्यार्थीहरुलाई राखी बाधि दिएका थिए । मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले विद्यार्थीलाई दाजुभाइ मान्दै राखी बाँधेर रक्षाबन्धन मनाएको बताइन् ।
मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, सेक्रेटरी सम्झना भण्डारी, मेम्वर कमला पौडेल लगायतले अर्जुनधारा संस्कृत वेदविद्यापिठमा अध्ययनरत् विद्यार्थीलाई राखी बाँधिदिएका थिए ।

विद्यापिठमा भारतको आसाम, नेपालको ताप्लेजुङ, पाँचथर, खोटाङ, मोरङ, झापाका गरी ६५ जना विद्यार्थी अध्ययन गर्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *