दमक नगरपालिले बाँध निर्माण गर्दा कमल गाउँपालिकालाई तनाव, १० विगाह जमिनमा क्षति
Published: (Updated: )
by .कमल । कमल गाउँपालिका र दमक नगरपालिकाको सिमानामा पर्ने रतुवा खोलामा दमक नगरपालिकाले प्राकृतिक न्याय सिद्धान्त विपरित वाँध निर्माण गरेपछि त्यसको असर कमल गाउँपालिकामा परेको छ ।
नगरपालिकाले एकलौटी रुपमा रतुवा नदिमा बाँध निर्माण गरेपछि नदिले आफ्नो धार परिवर्तन गरेको हो । जसका कारण कमल गाउँपालिकाको वडा नम्वर ५ र ६ मा ठुलो असर पुगेको गाउँपालिको जनाएको छ ।
हाल दमक नगरपालिकाले बाँध निर्माण गरेको स्थान भन्दा २ सय मिटर पश्चिम बाट रतुवा नदि बग्थ्यो । नगरपालिकाले हरेक वर्ष एकलौटी रुपमा बाँध निर्माण गरेर ४ सय मिटरमा बग्ने नदिलाई १ सय ५० मिटरमा ल्याएपछि नदिले आफ्नो धार परिवर्तन गरी कमल गाउँपालिकाको वडा नम्वर ५ र ६ वडामा ठूलो पुर्याएको स्थानिय हिमाली टोल विकास संस्थाका अध्यक्ष एलवि विष्टले बताए ।
दमकले प्राकृतिक न्याय सिद्धान्त विपरित वाँध निर्माण गर्दा यस्तो अवस्था आएको हो । नगरपालिकाले नियोजित रुपमा खोलामा बाँध निर्माण गरेकाले त्यसको असर हामीले व्यहोर्नु परेको कमल गाउँपालिका वडा नम्वर ५ का स्थानिय टिका सापकोटा बताउँछन् ।
कमल गाउँपालिकामा नदिटानको समस्या २०४० साल देखिको हो । दमक नगरपालिकासँग समस्या सुल्झाउन धेरै पटक वार्तामा बसेको वडा नं. ५ का अध्यक्ष डम्बर निरौलाले बताए । उनले भने आफु जनप्रतिनिधि हुनु अगावै धेरै पल्ट वार्ता गरियो तर समस्या जेनको तेन छ ।
नगरपालिकाले हाम्रो कुरालाई वास्तै नगरी नियम विरित लन्चिङ्ग र स्पाम निर्माण गरेका छ । यसले समस्या आएको अध्यक्ष निरौलाको भनाई छ ।
नदिमा वर्ष आएको बाढीका कारण कमल गाउँपालिकाको ५ र ६ नम्वर वडाको लगभग १० विघा भन्दा बढी जमिनमा क्षति पुगेको स्थानीय बताउँछन् ।
यसको दिर्घकालिन समाधानका लागी दुवै तर्फका स्थानिय तहका प्रमुख बीच सहकार्य र छलफल हुन आवश्यक छ । तव मात्र यसको दिर्घकालिन समाधान हुने देखिन्छ ।
Comments