Sajhamanch Archive

बुटवल राजस्व अनुसन्धान कार्यालयका प्रमुख २ लाख रुपैयाँ घूससहित पक्राउ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

रूपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।

व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा अनुसन्धान कार्यालयका प्रमुख विजय राना र व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेको हो । आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए अनुसार घुस रकम दिने झा गुट्खा र चिनी व्यवसायी हुन् ।

दुवै जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ । दुवै जनालाई बुटवल उपमहानगरपालिका–१३ बुद्धनगरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *