Sajhamanch Archive

इटहरीमा पाँच दिन लकडाउन गर्ने निर्णय

Published: in प्रदेश तह, समाज, स्थानीय तह by .

सुनसरी । इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ।

भर्खरै सम्पन्न नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले बताए।

वडाअध्यक्षको सल्लाहाबमोजिम लकडाउन गरिएको जनाइएको छ। लकडाउन लगाइए पनि अतिआवश्यकीय बस्तु बिक्री गर्न भने पाइने छ। भिडभाड गर्न बन्देज लगाइएको छ। लकडाउन उल्लंघन गर्नेलाई संक्रमण रोग ऐन अन्तर्गत कारबाही हुने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *