Sajhamanch Archive

दुवै अध्यक्ष अडानबाट नहटेपछि फेरि निष्कर्षविहीन सकियो छलफल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ।

ओली दाहालबीचको आजको छलफल पनि निष्कर्षविहीन बनेको छ। ओली दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको थिए।

अध्यक्ष दाहालले समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले निकास दिनुपर्नेमा जोड दिइहेका छन्। तर, प्रधानमन्त्री ओली स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक तत्कालै राख्न नसक्ने अडानमा छन्। समस्या समाधानका लागि छलफल गर्न ओली सचिवालय बैठक राख्न सम्म तयार रहेको स्रोतले बताएको छ।

दुवै नेता आ-आफ्नो अडानबाट पछि नहटेको कारणले सहमति जुट्न नसकेको हो। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा उपाध्यक्ष गौतमलाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल सक्रिय भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *