कोभिडबारे जथाभावी नबोल्न आग्रह : स्वास्थ्य मन्त्रालय
Published:
by .काठमाडौं । कोभिड-१९ को बारेमा जथाभावि नबोल्न लाई सरकारले आग्रह गरेको छ ।
कोभिड रोगको बारेमा सर्व-साधारणले आ-आफ्नै ढंगले व्याख्या गरेकोले संवेदनशील विषयमा विश्लेषण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा जागेश्वर गौतमले बताए।
उनले भने,’आ-आफ्नै ढंगले व्याख्या र विश्लेषण नगरौ, आधिकारीक निकायबाट प्रेषित भएका सूचना र सन्देशहरूको पालना गर्न र गराउन हुन अनुरोध गर्दछु ।
Comments