Sajhamanch Archive

कोरोना सङ्क्रमित आमाले पनि शिशुलाई दूध चुसाउनु : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । सरकारले आमालाई कोरोना सङ्क्रमण भए पनि शिशुलाई दूध चुसाउन आग्रह गरेको छ ।

आमालाई कोरोना सङ्क्रमण भएमा पनि दूध चुसाउँदा शिशुलाई कोरोना सर्ने कुरा प्रमाणित नभएकोले शिशुलाई दूध खुवाउँदा समस्या नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

तर सङ्क्रमित आमाले मास्क लगाउनु पर्ने तथा शिशुलाई दूध चुसाउनुअघि साबुन पानीले राम्रोसँग हात मिचीमिची धुनुपर्ने र दूध चुसाउनुअघि दूधको मुन्टालाई राम्रोसँग सफा गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिए ।

यदि सङ्क्रमित आमाको अवस्था गम्भीर भएर दूध चुसाउन नसकेमा परिवारका सदस्यले आमाको दूध निचोरेर सफा भाँडामा राखी खुवाउन पनि उाले आग्रह गरे । शिशुको लागि आमाको दूध उत्तम आहार हो, यसले शिशुमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै सबै किसिमका पोषण तत्व प्राप्त हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *