Sajhamanch Archive

शिवसताक्षीमा लाग्दै आएको हाटबजार आजदेखि पुनः बन्द

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापामा कोरोना संक्रमण समुदायमा आएसँगै स्थानीय तहले थप कडा गर्ने भएका छन् । सरकारले लकडाउन खुकुलो बनाएसँगै लाग्न थालेका साप्ताहिक हाड शिवसताक्षी नगरपालिकाले पुनः आजदेखि बन्द गराएको छ ।

शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा राहत समितिको वैठकले दुई हप्तासम्मका लागी नगर भित्रका हाटबजार बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाका बिर्तामोड र अर्जुनधारा नगरपालिकामा लकडाउन भएपछि त्यसको प्रभाव शिवसताक्षी नगरका बजारमा समेत परेको छ ।

शिवसताक्षीका हाटबजार, धार्मिक क्षेत्र लगायत बढी भिडभाडहरु हुने स्थानहरु भदौ २ गतेसम्म बन्द गरिएको नगरप्रमुख चन्द्रकुमार सेर्माले जानकारी दिए ।

समितिको निर्णयलाई अटेर गरेर जवरजस्ती गरे संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गर्ने समेत प्रमुख सेर्माको भनाई छ ।

नगरका झिलझिले बजार सोमबार, दूधे बिहीबार, माईधार मंगलवार, शिवगञ्ज आइतबारका दिन बजार लाग्दै आएको थियो ।

साप्ताहिक पसल बन्द भएपनि अन्य पसल भने हाललाई खुल्ला गरिएको छ । सामाजिक दुरी कायम गर्दै सेनिटाइजर प्रयोग, नियमित हात धुने र मास्कको अनिवार्य लगाएर मात्रै पसलले विक्री वितरण गर्न पाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

कोरोना कोभिड १९ रोकथाम तथा राहत कोष समन्वय समितिको बैठकले गरेको निर्णय अनुमोदनका लागि २२ गते बस्ने कार्यपालिका बोर्डले अनुमोदन गर्ने शिवसताक्षी नगरपालिकाका सहायक सुचना अधिकारी डिल्ली नेपालले बताए ।

यता इलाका प्रहरी कार्यालय झिलझिलेले धार्मिक क्षेत्रमा कोरोना संक्रमणको जाखिम बढेको भन्दै सोमबारबाट सताक्षीधाम जान रोक लगाएको छ ।

त्यस्तै पर्यटकीय क्षेत्र दोमुखामा पनि इप्रकाले कडा गर्ने बताएको छ । अन्य पालिकाहरुमा लकडाउन भएसँगै शिवसताक्षीमा आवतजावत बढेपछि इप्रका झिलझिले थप कडा गर्ने भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *