Sajhamanch Archive

बलिउडमा २१ बर्षको यात्रा ‘परिवारवाद’का कारण मात्र संभव थिएनः करिना

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

बलिउड नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको छ ।

बलिउडमा २० बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्विकार नगरेको भए संभव थिएन । २१ बर्षको यात्रा परिवारवादका कारण मात्र संभव थिएन । बलिउडमा सुपरस्टारहरुका छोराछोरीहरु परिवारवादका कारण हिट भएका छैनन् ।’

करिनाले, आफू बलिउड पृष्ठभूमीमबाट यो क्षेत्रमा आएपनि संघर्ष गरेको बताइन् । तर, यो अरु केही कलाकारको जस्तो रोचक भने नभएको उनको तर्क छ । उनले भनिन्–‘पक्कै पनि, गोजीमा १० रुपैयाँ बोकेर ट्रेनको यात्रा गर्दै बलिउडमा प्रवेश गरेका कलाकारको जस्तो रोचक कथा त मेरो छैन । तर, पनि मैले बलिउड यात्रामा निकै संघर्ष गरेकी छु ।’ करिनाले दर्शकले नै आफूहरुलाई बनाउने भन्दै अरु कसैबाट पनि यो संभव नभएको तर्क गरिन् ।

कपुर परिवारबाट बलिउडमा प्रवेश गरेकी नायिका करिनाले करिब एक दर्शक बलिउडमा राज गरेकी थिइन् । अहिले उनको क्रेज पहिलेको जस्तो छैन । तर, पनि उनले केही चलचित्रमा अभिनय भने गरिरहेकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *