Sajhamanch Archive

सात विधेयक पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

Published: (Updated: ) in राजनीति by .

काठमाडौं  । सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।

आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद् विभिन् सातवटा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो।

संघीय संसदले विजेनस नपाइरहेको अवस्थामा र सरकारले संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने ऐन तथा कानुन निर्माणमा ढिलाइ भइरहेको अवस्थामा सरकारले त्यसतर्फ अग्रसरता देखाएको हो।

मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो।

भुक्तानी तथा फछयौंट विधेयक, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५, उपभोक्ता हित संरक्षणसम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

मन्त्रीपरिषद बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि विधेयक, संकाटापन्न वन्यजन्तु तथा वनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधनसम्बन्धि विधेयक पनि संसद पेश गर्ने निर्णय गरेको छ

। सरकारले संविधानसँग प्रतिकूल रहेका ऐन, कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ। आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हकसम्बन्धि कानुन सरकारले बनाई सक्नुपर्नेछ।

-थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *