Sajhamanch Archive

मेची अस्पतालमा पिसिआर मेसिनको उद्घाटन, ६ जनाको कोरोना परीक्षण

Published: (Updated: ) in मुख्य समाचार, समाज, साहित्य, स्वास्थ्य by .

भद्रपुर । झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा पिसिआर ल्याव सञ्चालनमा ल्याइएको छ ।

बुधबार ल्यावको औपचारिक उद्घाटन गरिएको हो । प्रतिनिधिसभा सदस्य पवित्रा निरौला र प्रदेश १ सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले शुभारम्भ गरेका हुन् ।

एक पटकमा ९६ जनासम्मको परीक्षण हुने पीसीआर मेसिनमा दैनिक ३ सय ६० देखि ४ सय सम्मको परीक्षण गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्ड डा. पिताम्बर ठाकुरले बताए ।

उनले आज पहिलो दिने ६ जनाको नमूना परीक्षण हुने बताए । उनले भने, मेची परीक्षण गरिएका नमूना विराटनगरमा पनि परीक्षण हुन्छ, नतिजा एउटै आएपछि पुरै क्षमतामा परीक्षण हुन्छ ।

अब झापासहित तात्कालिन मेची अञ्चलका पहाडी जिल्लाका बासिन्दा समेतलाई छिटो सेवा प्रवाह हुने भएको छ । ल्यावमा सोमबारदेखि नै कोरोना परिक्षणका लागि नमुना संकलन गरिएको थियो ।

ल्याव उद्घाटनमा संघीय प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागितामा रहेको थियो ।

केहि दिनमा कनकाई न.पा. सुरुङ्गा स्थित कोटिहोममा रहेको जनस्तरबाट स्थापित पिसिआर ल्याव पनि सञ्चालनमा ल्याउने सो कार्यक्रममार्फत जानकारी दिइएको छ ।

मेची अञ्चल अस्पतालको मातहतमा कोटिहोममा स्थापित पिसिआर ल्याव सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *