Sajhamanch Archive

दोस्रो खेलमा बंगलादेश विजयी

Published: in खेलकुद by .

बंगलादेशले दोस्रो टि-२० खेलमा वेस्ट वेस्टइन्डिजलाई १२ रनले पराजित गर्दै ३ खेलको सिरिज १-१ को अवस्थामा ल्याएको छ।

अमेरिकामा रहेका दुबै टिमले आइतबार भएको खेलमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो। टस हारेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो।

जवाफमा वेस्टइन्डिजले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १५९ रनमात्र जोड्न सक्यो। वेष्ट इण्डिजका लागि आन्द्रे फ्लेटचर र रोभम्यान पावेलले समान ४३ रन बनाए पनि टिमको हार टार्न सकेनन्।

बंगलादेशका मुताफिजुर रहमान र नाज्मुल इस्लामले ३-३ विकेट लिंदै टिमको जित निश्चित गरेका थिए। वेस्ट इन्डिजका एस्ले नर्स र किमो पाउलले समान २ विकेट लिए। यी दुई बीचको निर्णायक खेल सोमबार हुनेछ।

-एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *