Sajhamanch Archive

४ सय एक्कडमा गज्जबको आलु होटल

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by .

अमेरिकामा एक कम्पनीले ४ सय एक्कडको ठूलो मैदानमा खोलेको विशाल आलु होटल अहिले चर्चामा छ । भीमकाय आलु जस्तै देखिने उक्त लक्जरी होटलको वजन करिब ६ टन रहेको छ । जुन एयरबर्न कम्पनीले बनाएको हो ।

सिमेन्ट, कंक्रिट र स्टिलबाट बनेको आलुजस्तै देखिने उक्त होटलको नाम बिग इडाहो पोटेटो होटल हो । उक्त आलु होटलमा एक पटकमा निकै ऐश आरामसाथ दुईजना पाहुना बस्न सक्दछन् । लग्जरी बेठ, सोफा, ट्वाइलेट बाथरुम, स्पा, खानपिनलगायतका लक्जरी होटलका सम्पूर्ण सुविधा छन् यो होटलमा । उक्त होटलमा एक रात बस्नका लागि २ सय भारु तिर्नु पर्दछ ।

यस होटलको इन्टेरियर डिजाइन विल्कुलै आधुनिक छ । घरभित्रका बेड कभर लगायतका अधिकांश चिजहरु हातेबुना छन् । अमेरिकाको इडाहो आलु उत्पादनका लागि अमेरिकाभर नै चर्चित छ । राज्यको आलु पहिचानलाई सम्वृद्ध बनाउनका लागि एयरबर्नले आलुको आकारमा होटलको डिजाइन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *