Sajhamanch Archive

९० वर्षीया वृद्धाले पनि जितिन् कोरोना

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा ९० वर्षीया वृद्धाले कारोना जितेर घर फर्किएकी छिन् । विराटनगर वडा नम्बर ६ की ९० वर्षीय बृद्धाले कोरोनालाई जितेर घर फर्किएकी हुन् ।

कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार ९० वर्षीया वृद्धामा पार्किन्सन, उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो । संक्रमणसँगै अस्पतालमा भर्ना भएको ११ औं दिनमा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको डा. सिग्देलले बताए ।

अन्य ५६ जना पनि कोरोनाभाइरस कोभिड १९ संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन् ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना र सुन्दरहरैंचा नगरपालिकाको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना संक्रमित बुधबार डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

बुधबार डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका समान ६, धनकुटा, उदयपुर र ते¥हथुमका समान एक जना रहेको सिग्देलले पूर्वेली न्यूजलार्इ जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *